काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि आज (बिहीवार) भियतनामको राजधानी हनोई प्रस्थान गरेका छन् ।
भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको आमन्त्रणमा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी त्यहा वैशाख २६–३० गतेसम्म व्यस्त रहनेछन् ।
त्यस्पछि उनी कम्बोडिया प्रस्थान गर्ने छन् । उनी वैशाख ३० गते भियतनामबाट कम्बोडियाकाा लागि प्रस्थान गर्नेछन् ।
कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली वैशाख ३० गते त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी ६ दिने विदेशै रहने छन् ।
प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि भ्रमणमा सहभागी छन् ।
प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको न्यारोबडी विमान एयरबस ३२० बाट भियतनाम र कम्बोडिया भ्रमणमा जान लागेका हुन् । उनले पहिलो पटक निगमको विमानमा चार्टर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया