काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालकको पनि ‘कनेक्सन’ रहेको खुलेको छ ।
ललिता निवासको २ सय ९९ रोपनी ३ आना सरकारी जग्गा व्यक्तिको नाममा भएको समाचार बाहिरिए यता विभिन्न राजनीति दलका नेताहरुको संलग्ना रहेको सार्वजनिक भइरहेको बेला भाटभटेनी सुपरमार्केटका सञ्चालकसमेतको ‘कनेक्सन’ रहेको खुलेको छ ।
यसैक्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको पनि बालुवाटार जग्गा प्रकरणमा ‘कनेक्सन’ रहेको खुलेको हो ।
सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्तिरमुआब्जा दिएर खरिद गरेको २ सय ८४ रोपनी मध्ये १ सय १२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतोमा खरिद गरेको देखिन्छ ।
व्यक्तिका नाममा सारिएको बालुवाटारको १ सय १२ मध्ये आधाभन्दा बढी जग्गा गुरुङले लिएको र व्यक्तिगत, संयुक्त, भाटभटेनी सुपरमार्केट आफन्तका नाममा जग्गा खरिद गरेका थिए ।
कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरु गुरुङले आफ्नै नाममा लिएका थिए ।
गुरुङले भाटभटेनी डेभलपर्स प्रालिका नाममा १० कित्ता जग्गा राखेका छन् ।
कित्ता नम्बर १०, १२, १४, १७, ५७, ५८, ७९, ८१, ८२ र २८६ को जग्गा अहिले पनि भाटभटेनीको नाममा छ ।
गुरुङले बाँकी जग्गा छोरो कल्याण लगायतका आफन्तका नाममा राखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया