काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले कम्युनिष्ट आउँदा रुन पनि पाइन्न भनेको पुष्टि हुँदै गएको दाबी गरेका छन् ।
काँग्रेसको बुधबारदेखि सुरु भएको राष्ट्रिय जागरणसभालाई काठमाडौंमा सम्बोधन गर्दै सिंहले प्रधानमन्त्रीले विपक्षीलाई होच्याउनु भनेको जनतामाथिको अपमान भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले विपक्षीलाई होच्यायो । विपक्षीलाई होच्याउनु जनतामाथिको अपमान पनि हो । प्रधानमन्त्रीले जनतालाई अपमान गर्न पाउछन् र ?’
सिंहले कम्युनिस्टको नाम र सिद्धान्तको नै टुंगो नभएको भन्दै उनीहरुले नेपाली जनतालाई स्थायी नाम समेत दिन नसकेको थिए । कांग्रेसले गरेका कामलाई समेत ओली सरकारले आफैंले गरेको भन्दै प्रचार गरिरहेको गुनासो गरे ।
उनले पार्टीलाई संस्थागत रुपमा चलाइए कम्युनिस्ट सरकारसँग मुकाविल गर्न सकिने भन्दै स्थानीय निर्वाचन भन्दा पहिले पार्टीको सबै तहको महाधिवेशन गराएर सशक्त बनाउन देउवालाई आग्रह गरे ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड ३२ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया