काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति कसैलाई मान्छे नै नगण्य खालको भएको बताएका छन् ।
नेपाल प्रेस यूनियन सिन्धुलीले बुधवार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।
उनले सरकारको नीति तथा कार्यक्रममा भएका त्रुटिलाई प्रतिपक्षले सच्याउँदा खोज्दा बेवासता गर्दै जबरजस्ती पास गराएको आरोप लगाएका छन् । साथै संविधानको मर्म उनले संविधानको मर्ममाथि सरकारले प्रहार गरेको समेत बताए ।
मंगलवार प्रधानमन्त्री ओलीले ‘आक्रोश कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्दै अभिव्यक्ति दिएका थिए ।
अलोतान्त्रिक तरिकाले सरकारको नीति कार्यक्रम पास भएको टिप्पणी गर्दै नेता पौडेलले ‘लथालि¨ देशको भताभु¨ चाला, जसजसले सक्छ, उसैले खाला’ भन्ने जस्तै गरी लुटतन्त्र मच्चिएको दाबी गरे ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड ३२ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया