गठबन्धनको छायाँले कांग्रेसको मौलिकता ग्रसित  : नेता कोइराला

लोकपथ
77
Shares
df]/ª, !& k’; . g]kfnL sf+u|];sf s]Gb|Lo ;b:o Pj+ k|ltlglw;ef ;b:o 8f z]v/ sf]O/fnf jLkL ljrf/ /fli6«o ;dfh k|b]z g+ ! ;ldltåf/f cfOtaf/ lj/f6gu/df cfof]lht …ablnPsf] /fhgLlt, r’gf}ltx? / /fli6«o tyf d]nldnfksf] cfjZostf ljifo ;+uf]i7Ldf dGtJo JoSQ ub}{ . tl:a/ M dgf]h bfxfn, /f;;

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठक नेपाली कांग्रेसकै लागि चुनौतीको रुपमा देखिएको बताएका छन् ।आइतबार नेपाली कांग्रेसको महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले, गत वर्षका महाधिवेशन र महासमिति बैठकभन्दा यसपालिको महासमिति बैठकमा निकै अन्तर भएको बताएका हुन् ।

उनले भने, ‘कतै नेपाली कांग्रेसले आफ्नो मौलिकता गुमाएको त होइन भन्ने मलाई लागिरहेको छ । जननायक वीपी कोइराला, सुशील जी, गणेशमान जी हरुले स्थापित गर्नुभएको पार्टीको एउटा मौलिकता दिनुभएको थियो । त्यो गठबन्धनको छायाँले ग्रसित भएका हौं कि भन्ने चिन्ता लागेको छ ।’नेता कोइरालाले महासमिति सदस्यहरूलाई बैठकमा आफ्ना विचार तथा सुझावहरु स्पष्ट तरिकाले राख्न समेत आग्रह गरे ।

नेपाली कांग्रेस स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भएको भन्दै नेता कोइरालाले पार्टीमा आँच आउन दिन नहुने बताए ।
उनले भने, ‘के हामी सँधै कम्युनिष्टहरूको पछि लागेर हिड्ने हो? हामीहरु एक्लै चुनाव लड्ने हो भनेर नेता कार्यकर्ताहरु सोध्नुहुन्छ । हामी तीनै तहको सरकारमा बहुमतसहित सरकारमा छौं । तर, बहुमत घट्दै गइरहेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?