काठमाडौं । आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुबीच भनाभन भयो ।
बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीबाट प्रस्तुत अभियक्तिलाई लिएर मंगलवार नाराबाजी भएको हो ।
कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नाराबाजी गरिरहेकै बेला सरकारको नीति तथा कार्यक्रम पारित गरिएको थियो ।
प्रधानमन्त्री ओलीले ‘आत्रोश कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन शुरु गरेका थिए । त्यस लगत्तै प्रधानमन्त्रीले गैरसंसदीय भाषा प्रयोग गरेको भन्दै नाराबाजी गरेका थिए ।
तीन दिन चलेको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री ओलीलाई करिब १ घण्टा लागाएर फर्काएका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई प्रधानमन्त्रीको जवाफमाथि थप प्रश्न गर्ने समय उपलब्ध गराए । त्यसलगत्तै कांग्रेस सांसदहरुले थप प्रश्न गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया