काठमाडौं । बाराको निजगढ नगरपालिका वडा नं ४ स्थित मोहोरिमा २० लाख लागतमा सिंचाइ नहर बनिरहेको छ ।
मधेस प्रदेश सरकार जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय बाराको योजना र निजगढ नगरपालिकाको समन्वयमा उक्त नहर निर्माण भइरहेको हो ।
निजगढ नगरपालिकाका उप मेयर सोममाया थिङले उक्त नहरको शिलान्यास गरि निजगढ नगरपालिका वडा न।४, ५, ६ , ७ र ८ का जनताहरूलाई सिंचाइमा पहुँच पुर्याउने हेतुले २० लाख लागतमा मुलबाँध पैनि सिंचाइ आयोजना जल उपभोक्त समितिले ९० मिटर लामो सिंचाई नहर बनाइरहेको समितिका सचिव बालकृष्ण हुमागाईंले बताए ।
निजगढ वडा नं. ४, ५, ६, ७ र ८ का जनतालाई सिंचाई सुविधाको राम्रो पहुँच पुर्याउने उद्देश्यका साथ सुरु गरिएको मुलबांध पैनी सिंचाई आयोजना निजगढ वडा न। ६ ले मधेस प्रदेश सरकार जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय बारासँग सझौता गरि माघ ९ गतेदेखि उक्त नहर निर्माण कार्य सुरु गरिएको थियो।
२० लाख लागतमा बन्दै गरेको नहर बने पछि निजगढ नगरपालिका वडा नं. ४, ५, ६,७ र ८ लाई सिंचाइका लागि महत्त्वपूर्ण सहयोग पुग्ने वडा न।६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनाले बताए । साथै उक्त नहर निर्माण कार्य सुरु भएको ३ महिना भित्र सम्पन्न हुने निर्माण उपभोक्त समितिले जनाएको छ ।
उक्त बाँध गत वर्ष निजगढ नगरपालिका नगर प्रमुख सुरत पुरीको मुख्य पहलमा मधेस सरकारका मुख्यमन्त्री सरोज यादवलाई सिंचाइ क्षेत्रको अनुगमन गराई उक्त सिंचाइ नहरका लागि आवश्यक बजेट छुट्याइ निर्माण कार्य अगाडि बढिरहेको पूर्व वडा अध्यक्ष एवं मुलबाँध पैनी सिंचाइ आयोजना उपभोक्त समितिका अध्यक्ष कुशबहादुर थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया