संविधानको मुल मर्ममाथि प्रहार भयो : सांसद राई

लोकपथ
63
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले दलहरूबिच हुने भागबन्डा गठबन्धनको नाममा संविधानको मूलमर्म विपरीत प्रयोग भएको बताएकी छिन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै उनले धारा ७० मा व्यवस्था गरिएको राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने भन्ने ठाउँमा र राखी संशोधन गर्न माग गरिन् ।

उनले भनिन्,‘दलहरूबिच हुने भागबन्डा वा गठबन्धनको नाममा आजसम्म यसले संविधानको मूलमर्ममा प्रहार भएको छ । ५१ प्रतिशत  महिला अधिकारको हनन् भएको छ । धारा ७० मा व्यवस्था गरिएको राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने भन्ने ठाउँमा र राखेर संशोधन गरौं भनि अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?