ओरा ०३ ईभीमा इलेक्ट्रिफाइङ डिल : ५ लाख सम्मको लाभ

लोकपथ
147
Shares

काठमाडौं । भिजि इम्पेक्स प्रालि नेपालका लागि जि.डब्लु.एमका सवारीसाधनहरु (हाभल, पावर, ओरा) का आधिकारिक आयातकर्ता र वितरकले इलेक्ट्रिफाइङ डिलका साथ आफ्नो लोकप्रिय लक्जरी ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ बिक्री प्रचार योजना ल्याएकोे छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्नेछन् । यो योजनाको अवधि माघ २८ देखि फागुन ३० (फेब्रुअरी ११, २०२४ देखि मार्च १३, २०२४) सम्म रहेको छ, जसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरीज प्राप्त गर्न सक्नेछन् ।

ओरा ब्रान्ड अन्तर्गत ओरा ०३ ईभी सबैभन्दा लोकप्रिय मोडलहरू मध्ये एक हो, जुन जि.डब्लु.एमको इलेक्ट्रिक सवारीसाधनमा पर्दछ । यसको रेट्रो– मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाहरूले भरिपूर्ण भएका कारण अष्ट्रेलिया, न्यूजिल्याण्ड, इङ्गल्याण्ड, जर्मनी, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशहरूमा छिटो र धेरै लोकप्रियता पाईरहेको छ ।

नेपालमा पनि ओरा ०३ ले आफ्नो अद्वितीय स्टाइल, उत्कृष्ट सवारी गुणस्तर र राम्रो ड्राइभ दायराका कारण छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ । ओरा ०३ लाई १०० प्रतिशत इलेक्ट्रिक प्लेटफर्ममा डिजाइन गरिएको छ र सुरक्षित फिचरहरु भएकाले ओरा ०३ लाइ ANCAP र Euro NCAP दुवैबाट फाइभ–स्टार सेफ्टि रेटिङ प्रदान गरिएको छ । दुबै ANCAP र Euro NCAP बाट फाइभ स्टार सेफ्टि रेटिङ पाउने केही इलेकिट्रक सवारी सवारीसाधन मध्येमा ओरा ०३ सावित भएको कम्पनीकाे दाबी रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?