चुम्बन गर्ने अनौठो गल्ली

लोकपथ
0
Shares

काठमाडौं । माया व्यक्त गर्न कुनै एउटा ठाउँ मात्र हुनुपर्छ भन्ने जरुरी हुँदैन । तर हामी तपाईंहरुलाई आज त्यस्तो एउटा ठाउँको बारेमा जानकारी दिन्छौँ ।जहाँ प्रेमी प्रेमिकाका लागि चुम्बनका लागि प्रख्यात रहेको छ ।

जुन केवल माया जताउनका लागि मात्र प्रसिद्ध छ । यो एउटा साघुँरो गल्ली हो । जहाँ देश विदेशबाट जोडिहरु केबल चुम्बन गर्नका लागि मात्र आउने गर्छन् । त्यस गल्लीमा किस गर्ने जोडिहरुको लाइन किराना पसलमा सामान किन्नेहरुको भन्दा लामो रहेको हुन्छ ।

मेक्सिकोको गुआनाजुआतोमा एले अफ किस (Alley of kiss) नामक गल्ली रहको छ । जहाँ धेरै वर्ष पहिले एक जोडि बस्ने गरेका थिए ।

उनीहरुबीच एकदमै माया थियो । केटि धनि थिइन् भने केटा गरिब थियो । जसका कारण प्रेमिका प्रेमीलाई भेट्न त्यस गल्लीमा आउने गथिन् ।

अन्तमा उनका आक्रोशित परिवारले उनको हत्या गरिदिए । त्यसले गर्दा त्यस गल्लीमा आएर चुम्बन गर्ने जोडिहरुको माया सुरक्षित रहने जनविश्वास रहेको छ । यस गल्लीलाई मायाको निशानीको रुपमा मानिने भएकाले हरेक प्रेमी जो कोहीहरुको त्यहाँ जान चाहन्छन् । यो गल्ली यति धेरै साधुँरो छ कि एकपटकमा एक जोडि मात्र भित्र जान सक्छन् । जसका कारण गल्ली बाहिर सडकमा लामो लाइन रहेको हुन्छ ।

यो गल्ली दिनभरि मात्र खुल्ला रहने साँझमा बन्द हुने भएकाले कतिपर्य माया गर्ने जोडिहरु लाइन बसेर मात्र निराश भएर फर्किने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?