उपेन्द्र र बाबुराम एकता : अन्यौलमा चुनाव चिह्न

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्तिबीच आज (सोमवार) पार्टी एकीकरण हुँदैछ । पार्टी एकीकरणपछि समाजवादी पार्टी, नेपालले फोरमकै झण्डा प्रयोग हुने भएको छ भने चुनाव चिह्नमा भने अन्योल भएको छ । 

फोरमले रातो र हरियो रङको झण्डामा सेतो तारा अंकित झण्डा प्रयोग आएको छ । 

पार्टी एकतापछि चुनाव चिह्न के राख्ने भन्ने विषयमा भने अझै अन्यौल छ । 

पार्टी एकता अघि फोरमको मसाल र नयाँ शक्तिको देब्रे आँखा चुनाव चिह्न प्रयोग गर्दै आएको थियो भने अब कुन चुनाव चिह्न राख्ने भन्ने विषयमा निर्याण हुन बाँकी रहेको समाजवादी पार्टी, नेपालले बताएको छ । 

उता एकीकृत पार्टीले फोरमको झण्डा राख्ने भएपछि नयाँ शक्ति पार्टीको चुनाव चिह्न राख्ने विषयमा छलफल भएको थियो ।

तर, आँखा चिह्न राख्दा अरुले दाहिने आँखा वा दुवै आँखा लिन सक्ने भएकाले अन्तिम निर्णय हुन नसकेको हो ।

आज (सोमवार) मध्याह्न राजधानीको प्रज्ञा भवनमा घोषणासभा हुन लागेको यो पार्टीको नाम पनि हेरफेर हुनसक्ने नयाँ शक्ति पार्टीका एक नेतालो जानकारी दिए । 

‘निर्वाचन आयोगमा त्यही नामको पार्टी भएको भन्ने सुनेको छु’ उनले भने, ‘त्यसो भयो भने विचार गर्नुपर्ने हुन्छ ।’

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?