काठमाडौं । सरकारले प्रस्तुत गरेको २०७६–७७ को नीति तथा कार्यक्रममाथि आज (सोमवार) पनि छलफल हुने भएको छ ।
संघीय संसद प्रतिनिधिसभाको चौथो अधिवेशन हिजो (आइतवार)देखि शुरु भएको हो ।
विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्ने संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।
बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने महासचिव भट्टराईले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन् ।
नीति तथा कार्यक्रमको छलफल भोलि (मंगलवार)सम्म चल्ने महासचिव भट्टराइले जानकारी दिए । त्यस्तै राष्ट्रियसभा
को बैठक दिउँसो १ बजे बस्दैछ ।
राष्ट्रियसभाको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि नै छलफल हुने संसद सचिवालयले जनाएको छ ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया