उपेन्द्र र बाबुरामको पार्टी एकता आज

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्तिबीच आज (सोमवार) पार्टी एकता हुने भएको छ । 

सोमवार बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा दुई पार्टीबीच  पार्टी एकता घोषणा कार्यक्रम हुने भएको हो । 

गत शनिवार दुई पार्टीबीच आज पार्टी एकता गर्ने घोषणा गर्ने समझदारी भएको थियो । 

पार्टी एकीकरणपछि पार्टीको नयाँ नाम ‘समाजवादी पार्टी नेपाल’ हुने भएको छ भने डा. भट्टराई र यादव दुवै पार्टी अध्यक्ष हुनेछन् । 

भट्टराईले संघीय परिषद् र यादवले केन्द्रीय समितिको अध्यक्षता गर्ने सहमति भएको हो । 

पार्टीको पदाधिकारीमा फोरमका १६ र नयाँ शक्तिको हेडक्वाटरमा रहेका ९ जना गरी २५ सदस्यीय हुनेछ । 

केन्द्रीय सदस्य (नयाँ शक्तिको १ सय ५१ र फोरमका २ सय बढी) हुनेछ भने संघीय परिषदमा एक हजार बढी सदस्य हुने छन् । जिल्ला संरचना पनि दुवै पार्टीको मिलाइनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?