सभामुखले गरेको रुलिङ सरकारले मान्छ कि मान्दैन ? : राजपा नेता कर्ण

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । 

आइतवार प्रतिनिधिसभाको बैठकमा राजपा सांसद लक्ष्मणलाल कर्णले मधेश तथा थरुहट आन्दोलनका क्रममा भएको घटनाबारे छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो ।

प्रतिवेदन सार्वजनिक गर्न सभामुखले गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण समेत गराएका थिए । 

‘संविधान संशोधनको कुरा पटक–पटक उठाइराखेका छौं । लिखित र मौखिकअनुसार गरिरहेका छौं । मधेश तथा थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा अहिले पनि फिर्ता भएन । सरकारका कारण निर्दोष व्यक्ति जेलमा छन् । लाल आयोगको प्रतिवेदन जनसमक्ष आउनुपर्यो’ उनले भने । 

उनले थप्दै भने, ‘प्रधानमन्त्रीजीलाई भन्दा यो कुनै सुन चोरी होइन, जसलाई अलमारीमा ताल्चा लगाएर राखिन्छ भन्दै मिठो कुरा गर्नुभयो । तर, प्रतिवेदन सार्वजनिक भएन ।’

‘म फेरि आज सम्झाउन चाहन्छु, संसदको मर्यादा राख्नुपर्यो । सभामुखले गरेको रुलिङ सरकारले मान्छ कि मान्दैन ?’ उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?