नानो स्याटलाइट शुरु गर्ने म, जस लिन ओली सरकार : सभापति देउवा (पूर्णपाठसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नानो स्याटलाइट आफ्नो पालामा शुरु भएको बताएका छन् । 

आइतवारबाट नीति तथा कार्यक्रममाथि संसदमा शुरु भएको छफलफलमा भाग लिदै सभापति देउवाले नानो स्याटलाइट आफ्नो पालामा शुरु भएको कार्यक्रम भएको दाबी गरेका हुन् । 

उनले भने, ‘यो सरकारले आफैंले अन्तरिक्षमा पठाएको जस्तो बकम्फूसे दाबी गरेको छ ।’

साथै उनले आफ्नो सरकारको पालामा शुरु भएका कार्यक्रमहरुको जस लिन खोजेको आरोप समेत लगाएका छन् ।

त्यस्तै गत शुक्रवार प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा बक्फूसे र उडन्ते कार्यक्रमहरु राखिएको टिप्पणी गरेको छ ।

(पूर्णपाठसहित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?