काठमाडौं । आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममाथि आज (आइतवार)बाट प्रतिनिधिसभामा छलफल हुने भएको छ ।
शुक्रवार सरकारले संघीय संसदको संयुक्त बैठमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्का सदस्यबीच छलफल गर्ने परम्पराअनुरुप प्रतिनिधिसभामा आजबाट त्यसमाथि छलफल हुन लागेको हो ।
बैठक बिहान ११ बजेबाट बस्दै छ ।
प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
छलफल केही दिन जारी रहने पनि सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका अनुसार, नीति तथा कार्यक्रममाथि विभिन्न ६ वटा संशोधन दर्ता भएका छन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले शनिवार बसेको संसदीय दलको बैठकलगत्तै संशोधन दर्ता गराएको छ ।
कांग्रेसले राष्ट्रपति भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली संशोधनलाई जोडतोडका साथ उठाएको छ ।
त्यस्तै, प्रदेश र स्थानीय सरकारको क्षेत्रात्रिकारमाथि हस्तक्षेप गरी संघीयता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत संरचना कमजोर पार्ने कार्यक्रम ल्याइएको भन्दै त्यसलाई परिमार्जन गर्न पनि उसले माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया