काठमाडौ । समग्र शैक्षिक सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आधा दर्जन मुख्य शहरहरूमा विद्यार्थी दबाब यात्रा निकालेको छ ।
शुक्रबार शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्रवेश, परिणाम, पात्रो पाठ्यक्रम, परिसर जस्ता विषयहरूलाई लिएर विद्यार्थी परिषद्ले पुर्वको विराटनगर, दाङको घोराही, कैलालीको धनगढी र पोखरामा बृहत् विद्यार्थी दबाब यात्रा निकालिएको परिषद्ले जनाएको छ ।
परिषद्ले माघ महिनाभर देशको ७७ वटै जिल्लामा शैक्षिक सुधारकका लागि राष्ट्रव्यापी शैक्षिक अभियान सञ्चालन गरिरहेको छ ।
देशभर शैक्षिक सर्वेक्षण अभियान सञ्चालन गरि सुरु गरेको शैक्षिक सुधार अभियानमा यतिखेर देशभर दबाब यात्रा निकालिएको छ ।
दाङको घोराहीमा भएको विद्यार्थी दबाब यात्रामा विभिन्न कलेज तथा क्याम्पसहरूबाट ७०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए । उक्त दबाब यात्रा विपी चोक हुँदै, ट्राफिक चोक, निमाल हलको वाटो, बैङ्क रोड, दामोदर चोक हुँदै, तुलसीपुर चोकमागई कोण सभामा परिणत भई समापन भएको थियो ।
उक्त कोण सभालाई परिषद्का केन्द्रीय सदस्य शरद शर्मा, घोराही नगर सचिव पुर्ण जंग मल्ल, र लुम्बिनी प्रदेश सह संगठन सचिव हरिश बोहरा लगायत विद्यार्थी नेताहरूले सम्बोधन गरेका थिए।
दबाब यात्रामा एक जुट हौँ र शिक्षा क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका निभाउ । “ठिक गर्छौ तीन काम, प्रवेश परीक्षा परिणाम”, शिक्षा क्षेत्रमा दलीय भागबन्डा अन्त्य गर, नेपाल आमाको जय जस्ता नाराहरू लगाइएका विद्यार्थी नेता मनिष बन्जाडेले जानकारी दिएका छन् ।
त्यसैगरी धनगढी नगरले पनि प्रवेश परिक्षा, परिणाम, पात्रो , पाठ्यक्रम जस्ता विषयहरूको सुधार गर्नका लागि धनगढीमा बजारमा ७०० भन्दाबढी विद्यार्थीहरूको सहभागीतामा विद्यार्थी दबाब र्याली निकालेको छ ।
र्यालीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचीव दिवस पोखरेल, परिषद्का केन्द्रिय सदस्य मणिराम चौलागाई, प्रदेश सदस्य सरोज ठगुन्ना,नगर सचीव गौरव भट्ट लगायत विद्यार्थी नेताहरूले शिक्षा क्षेत्रमा भएको चरम राजनीतिक भागबन्डाको अन्त्य गर्न माग गरेका छन् । परिषद् गरेको मागहरू सम्बोधन नभए देशभरबाट लाखौंको विद्यार्थी उतार्ने उनिहरूले बताए ।
विद्यार्थी परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारको लागि विद्यार्थी दबाब र्याली गरेको र यो देशको प्रमुख शहरहरूमा पनि गर्ने बृहत् दवाब एवम् आन्दोलनको गतिविधि अगाडि बढिरहेको विद्यार्थी परिषद्का जिल्ला संगठन सचीव प्रेम बोहराले बताए ।
साथै विराटनगरमा पनि परिषद्ले १५ वटा भन्दाबढी कलेलका हजारौं विद्यार्थीहरूको सहभागीतामा बृहत् विद्यार्थी दबाब यात्रा निकालिएको छ ।
शिक्षाक्षेत्रको दलीय राजनीति भागबन्डाको अन्त्य गर्नुपर्ने, प्रवेश, परीक्षा परिणाम पात्रो, परिसर, प्रश्नपत्र एवम् पाठ्यक्रम, मूल्याकंन पद्धति र शिक्षण विधिमा सुधार गर्नुपर्ने, माध्यमिक तहको शिक्षा अनिवार्यरूपमा निस्शुल्क गरिनुपर्ने, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाइ प्राज्ञिक व्यक्तिलाई नियुक्ति गर्ने नीति अवलम्बन गरिनुपर्ने, क्याम्पस , विश्वविद्यालयहरूमा महापुरुष, नेपालको इतिहास, भाषा, संस्कृति आदि पाठ्यक्रममा समावेश हुनुपर्ने लगायतका विषयहरू उठाउनमा विशेष जोड दिए। यसैगरी विद्यार्थी परिषद्का राष्ट्रिय सचिव विवस कटुवालले शिक्षामा वैदेशिक लगानी अन्त्य गर्दै २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने साथै सरकारी कर्मचारीको बालबालिकालाई पनि सरकारी विद्यालयमा पढ़ाउनु पर्ने जस्ता मागहरू परिषद्ले उठाएकोले देशको प्रमुख शहरहरूमा बृहत् विद्यार्थी दबाब यात्रा गरिएको केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले बताए ।
त्यसैगरी पोखरामा पनि विद्यार्थी परिषद्ले विद्यार्थी दबाब यात्रा निकालिएको विद्यार्थी नेता र प्रदेश सचिव दिप्सन गुरूङले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया