काठमाडौं । मुटु प्रत्यारोपणको समयमा आउने सबै भन्दा ठुलो प्रश्न भनेको यो कहिले सम्म चल्छ भन्ने हो । अर्कोको मुटुको सहायताले मान्छे कति दिन सम्म बाँच्न सक्छ ?
डाक्टरहरुका अनुसार उचित खानपानले मुटु प्रत्यारोपण गरेका व्यक्तिहरु २० वर्ष सम्म बाँच्न सक्छन् । कुनै-कुनै रिसर्चले ३० वर्ष सम्म बाँच्न सक्ने दाबी गरिएको छ ।
यी सबै रिसर्चको दाबीलाई पछाडि पारिदिएका छन् मुटु प्रत्यारोपण गरेका एक व्यक्तिले । मुटु प्रत्यारोपण गरेका यी व्यक्ति ४० वर्षदेखि बाँचिरहेका छन् । र उनले मुटु सम्बन्धी कुनै पनि समस्या भोग्नु पनि नपरेको बताएका छन् ।
यही कारणले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उनले स्थान बनाएका हुन् ।
बीबीसीको रिपोर्ट अनुसार नेदरल्याडका वाले बर्ट जानसन १७ वर्षको हुँदा उनलाई फ्लू जस्तो लक्षण देखापरेको थियो । । हेरफिल्ड अस्पतालका चिकित्सकहरुले उनलाई काडियोमायोप्याथी भएको पुष्टि गरे ।
चिकित्सकहरुले उनलाई मुटु प्रत्यारोपण गर्ने सल्लाह दिए । सानै उमेरमा नै मुटुले काम गर्न छोडिदिएको कुरा सुन्दा उनलाई पहाडले थिचेको जस्तो भएको थियो । मुटु प्रत्यारोपण गर्न सहमति भए पछि मुटु दाताको खोजी गरियो । त्यस क्रममा ३० जना जतिको मुटु जाँच गरियो तर कुनै पनि मिल्न सकेन । पछि लन्डनमा कार दुर्घटनामा मृत्यु भएका व्यक्तिसँग मिल्न गयो । ६ जुन १९८४ मा चिकित्सहरुले मुटु प्रत्यारोपण गरे र उनी छिट्टै निको पनि भएका थिए ।
जानसन एक कुशल ग्लाइडर पाइलट
मुटु प्रत्यारोपण गरेका उनी एक कुशल ग्लाइडर पाइलट हुन् । यहि मुटुको सहायताले उनले हवाई उडान भर्ने गरेका थिए । गिनीज वल्र्ड रेकर्डले सेप्टेम्बर २०२३ मा उनलाई सबै भन्दा लामो समयसम्म बाँच्न सफल भएका ह्रदय प्रत्यारोपणका बिरामीका रुपमा मान्यता दिएको थियो । उनी अहिले ५७ वर्षको भए र उनलाई केहि समस्या छैन । जानसनले भनेका छन्, ‘अरुका लागि बेन्चमार्क सेन्ट गरेको छु, यसबाट कोहि पनि डराउनु पर्दैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया