घुससहित रंगेहात पक्राउ परेका वडाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा

लोकपथ
364
Shares

काठमाडौं । घुस लिँदालिँदै रंगेहात पक्राउ परेका बाराको जितपुरसिमारा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

क्षेत्रीले घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस मागेका थिए । उनले घुस मागेको भन्ने सूचनाका आधारमा त्यहाँ पुगेको अख्तियारको टोलीले उनलाई पक्राउ गरी आज विशेषमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उनले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुर गरेको ठहर गर्दै ५ लाख बिगो कायम गरि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम कैद सजाय माग गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?