के हो क्लिन स्लेट ? यस्तो छ प्रयोगका फाइदा

लोकपथ
0
Shares

काठमाडौं । यात्रामा जति कम सामान हुन्छ त्यति नै हाम्रो लागि यात्रा सहज र सजिलो हुने गर्दछ । यही कुरा सम्बन्धमा पनि लागू हुने गर्छ ।

यदी सम्बन्धमा पनि पूूराना कुराहरुको बोझ भइरह् यो भने त्यसले सम्बन्धलाई थप जटिल बनाइरहेको हुन्छ ।

मानिसहरुको जीवनमा धेरै उतारचढावहरु आउने गर्दछ । जसको कारण विभिन्न घटना र खराब अनुभवहरु हाम्रो दिमागमा आइनै रहन्छ । जसको कारण हामी भने जसरी अघि बढ्न सकिरहेका हुँदैनौँ । हामी अघि बढ्न खोज्दा पनि हामी अड्किरहेका हुन्छौँ ।

हाम्रो जीवनलाई असहज बनाउने अर्को कारण र माध्यम हो सम्बन्ध पनि । सम्बन्ध समदुरीमा रहिरह् यो भने त्यसले हामीलाई फाइदा गर्दछ । तर यदी सम्बन्धमा दरार पैदा भएमा त्यसले हामीलाई हानी गरिरहेको हुन्छ । तर आजभोलिका युवायुवतीहरु त्यस्ता सम्बन्धबाट छुटकारा पाउन विभिन्न परीक्षणहरु गर्ने गरेका छन् ।
उनीहरुले यस्तो खालको सम्बन्धलाई अभिबल कबितभ मबतष्लन भन्ने गरेका छन् । के तपाईंलाई यो नयाँ शब्दको बारेमा थाहा छ ? आज हामी क्लिन स्लेट डेडिङको बारेमा जानकारी गराउने छौँ ।

के हो त CLEAN SLATE के हो ?

क्लिन स्लेट ( CLEAN SLATE)लाई सरल भाषामा भन्ने हो भने विगतको सम्बन्धको बोझबाट मुक्त भएर नयाँ सम्बन्धमा प्रवेश गर्नु हो । यस्तो सम्बन्धमा कुनै बोझ वा विगतको अन्योलता हुनेछैन । सम्बन्धमा व्यक्तिहरुले नयाँ सुरुवात दिनेछन् र गहिरो सम्बन्धको लागि अगाडि बढ्नेछन् । क्लिन स्लेट सम्बन्धमा मात्र लागू नभएर विभिन्न कामहरुमा समेत लागू हुने गरेको छ ।

किन युवाहरु माझ लोकप्रिय बनिरहेको छ क्लिन स्लेट डेटिङ ?

विगतको बोझबाट मुक्ती

क्लिन स्लेटको सबै भन्दा राम्रो फाइदा भनेको विगतको बोझबाट मुक्ती पाउनु हो । यसले तपाईंलाई विगतका गल्तिहरु, पश्चताप र असफलताको बोझबाट मुक्त गर्न मद्दत गर्छ । यी बोझहरु काँधबाट हटाउँदा व्यक्ति हल्का र स्वतन्त्र महसुुस गर्ने गर्दछन् । यो स्वतन्त्रता व्यक्तिको मानसिक स्पष्टता र भावनात्मक कल्याणको लागि एकदमै महत्वपूर्ण रहेको हुन्छ । विगतको बोझ बाधा बिना व्यक्ति नयाँ ऊर्जा र आशावादको साथमा अगाडि बढ्न सक्छ ।

आफैँलाई जान्ने र बुझ्ने अवसर

क्लिन स्लेटको साथ अगाडि बढ्दा आफुलाई बलियो बनाउन र व्यक्तिगत विकासमा सुधार गर्न मद्दत मिल्छ । यसले व्यक्तिहरुलाई विगतका अनुभवहरुको प्रभाव बिना नै मूल्य, भावना र विचारहरु राख्न प्रोत्साहित गर्दछ । आत्म खोजको यो प्रक्रियाले व्यक्तिमा शक्तिको गहिरो पहिचान गराउँछ । यसले व्यक्तिगत विकासलाई पनि बढवा दिन्छ ।

सम्बन्ध सुधार गर्न मद्दत गर्छ

क्लिन स्लेटको सुरुवात गर्दा सम्बन्धमा सकारात्मक प्रभाव पर्न सक्छ । यसले समयसँगै आफु भित्र जम्मा भएका भ्रम, असन्तृष्टि र विवादलाई समाधान गर्ने अवसर प्रदान गर्छ । गुनासोहरुलाई छोडेर विगतका गल्तिलाई माफ गर्न सकिन्छ । अरुसँग स्वस्थ र थप अर्थपूर्ण सम्बन्धहरु निर्माण गर्न सकिन्छ ।

धेरै क्षेत्रहरुमा अगाडि बढ्ने अवसर मिल्नेछ

क्लिन स्लेटले विगतका परम्परा र अपेक्षाहरुका बाधाहरुलाई हटाएर रचनात्मकता र नयाँ चीजहरु प्रयास गर्ने अवसर प्रदान गर्दछ । यसले व्यक्तिहरुलाई घेरा भन्दा बाहिर गएर सोच्न र जोखिम लिन हौसला प्रदान गर्छ ।

बलियो महसुस हुनेछ

क्लिन स्लेटले तपाईंलाई सशक्त गर्न मद्दत गर्छ । यसले व्यक्तिहरुलाई आफ्नो जीवनमा नियन्त्रण राख्न र आफ्नो लक्ष्य अनुसार विकल्पहरु लिन सशक्त बनाउँछ । यो बाहेक व्यक्तिलाई परिस्थिति अनुसार ढल्न सक्ने बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?