नुवाकोटका २ स्रस्टा सम्मानित हुँदै

लोकपथ
1.3k
Shares

काठमाडौं । नुवाकोटका दुई स्रस्टा सम्मानित हुने भएका छन् ।

आठौँ नुवाकोट महोत्सवको अवसरमा नुवाकोटका दुई स्रस्टा सम्मानित हुन लागेका हुन्।

नेपाली भाषा र साहित्यक क्षेत्रमा योगदानको कदर गर्दै साहित्यकारद्वय राजुमान (आरएम) डङ्गोल र टेकनाथ दाहाललाई सम्मान गरिन लागिएको साहित्य सम्मान छनौट उपसमितिका संयोजक श्रीराम श्रेष्ठले जानकारी दिए ।

डङ्गोल विदुर नगरपालिका-२ शेरा र दाहाल बेलकोटगढी नगरपालिका–८ जिलीङ निवासी हुन् ।

डङ्गोल वर्तमान पुस्ताका प्रखर कवि तथा समालोचक समेत हुन् । राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भइसकेका कवि डंगोल युवामोती पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् । दुई दशकभन्दा लामो समयदेखि कविता साधनामा गर्दै आएका डंगोलका ‘राशीफल हेरिरहेको मान्छे’ र ‘दशगजावारी’ कविता संग्रह प्रकाशित भइसकेको छ ।

यस्तै, पछिल्लो समय दाहालकाे उपन्यास ‘विवर्तन’ चर्चित छ । महाभारतको पात्र पृथा (कुन्ती) लाई मुख्य पात्र बनाएर लेखिएको हो । विवर्तन उपन्यासमा महाभारतमा नभनिएका सूक्ष्म घटनासमेत रोचक शैलीमा भनिएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यहि माघ २६ गतेदेखि फागुन ७ गते हुने महोत्सवमा दुई स्रस्टालाई सम्मान गर्न लागिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?