काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरणका लागि आज अन्तिम प्रयास भइरहेको छ ।
दुवै पार्टीका दुवैजना अध्यक्ष विहानैदेखि छलफलमा जुटेका छन् । यी दुईजना अध्यक्षबीच विहान पहिलो एकचरणको ‘वान टु वान’ छलफल सकिएको छ । दोस्रो चरणको छलफल आजै बुढानिलकण्ठतिर हुने नयाँ शक्ति पार्टी स्रोतले जनाएको छ ।
विहान भएको छलफल अनुसार दुवैजना अध्यक्षले एकीकृत पार्टीको आधिकारिक दस्तावेज तयार गरिसकेका छन् । आज बस्न लागेको दोस्रो चरणको छलफलमा त्यसलाई अन्तिम रुप दिइ दुवै पार्टीले एक एक प्रति लिन्छन् । ती दस्तावेजलाई भोली शुक्रवार बस्ने नयाँ शक्ति पार्टीको सचिवालय बैठक र शनिवार बस्ने फोरम नेपालको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराउने बताइएको छ ।
दुवै दलबाट एकीकृत पार्टीको राजनीतिक दस्तावेज अनुमोदन भएपछि एकता घोषणाको मिति तय हुने बताइएको छ । पार्टीको अध्यक्ष डा.बाबुराम भट्टराई हुनेछ भने कार्यकारी अध्यक्ष उपेन्द्र यादव हुने सहमति भएको फोरम नेपाल पार्टीका एक नेताले बताए । अशोक राईलाई वरिष्ठ नेता राख्ने सहमति पनि भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया