पार्टी एकता : उपेन्द्र यादवले भने, ‘कहिले हुन्छ ज्योतिषलाई पनि थाहा हुन्न’

काठमाडौं । केही दिन पहिले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच पार्टी एकताको कुरा चल्यो । यसले चौतर्फी चर्चा पायो । तर, फोरम सरकारमा रहेसम्म वार्ता नहुने राजपाले जनाएको थियो । 

गत फागुन १५ गते एकताका लागि भन्दै फोरमले राजपालाई पत्र पठाएको थियो । सो पत्रको जवाफ लेख्दै राजपाले वार्ता र एकताका लागि सकारात्मक भएपछि सरकार छाड्नुपर्ने शर्त अघि सारेको थियो । 

उता राजपासँग  पार्टी एकताको कुरा सेलाएको छ भने उपेन्द्र यादव नेतृत्वको फोरमले डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीसँग एकताको तयारी शुरु भएको छ । 
वैशाखभित्र पार्टी एकीकरण गर्ने गरी गृहकार्य भइरहेको दुवै पार्टीका नेताहरुले बताएका छन् । 

पार्टी एकीकरणबारे निर्णय गर्न फोरमले केन्द्रीय सचिवालयको बैठक वैशाख २१ गते बोलाइएको छ । त्यस्तै नयाँ शक्तिको केन्द्रीय समितिको बैठक २० गतेको लागि तोकिएको छ । 

दुवै पार्टीको बैठक सकेको भोलिपल्ट पार्टी एकताको घोषणा गर्ने तयारी थालीएको समाचार बाहिर आएको बेला लोकपथको फोन सम्पर्कमा फोरमका संयोजक उपेन्द्र यादवले पार्टी एकता कहिले हुन्छ त्यो जोतिषलाई पनि थाहा नहुने बताए । 

‘पार्टी एकताको लागि जो पहिले आउछ उहीसँग पार्टी एकता गर्छ । तर, कहिले हुन्छ त्यो ज्योतिषलाई पनि थाहा छैन’ उनले भने, ‘हामी दुवै तिर पार्टी एकताको लागि कुरा गर्छै, जो पहिले आउँछ त्यहीसँग पार्टी एकता गर्छौ ।’

पार्टी एकतापछि पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष बाबुराम भट्टराई हुने सहमति भएको छ । यस विषयमा यादव र भट्टराई दुवैले सहमति जनाइ सकेका छन् । 

त्यस्तै दुवै पार्टी एक भएपछि एकीकृत पार्टीको नाम परिवर्तन हुने भएको छ । 

यसका लागि दुवै पार्टीले सहमति जनाइसकेका छन् । 

यसैबीच राजपा र फोरमको पार्टी एकता कता पुग्यो ? एकीकरण हुँने भनिएको लामो समय गुजारी सक्दा पनि के कारणले कुरा कड्किएको हो ? 

यही विषयमा कुरा गर्न लोकपथले राजपामा महामन्त्री केशव झासँग फोन सम्पर्क गर्दा पहिला नयाँ शक्ति पार्टीसँग एकता गर्ने बताए । उनले भने, ‘नयाँ शक्ति पार्टीसँग पहिले देखिनै पार्टी एकताको कुरा भएको थियो । बाबुराम भट्टराईसँग पार्टी एकता टुंगो लागेपछि हामीसँगको कुरा अगाडी बढाउने होला नी ।’ 

‘अहिले हामी महाधिवेशनमा केन्द्रित छौ । पार्टी एकताबारे कुरा भएको छैन’ उनले भने । 

उता टिकापुर घटनामा मुख्य दोषि रेशम चौधरीलाई गत फागुन २३ गते जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाए लगत्तै राजपाले सरकारलाई गरेको समर्थन फिर्ता लिएको थियो ।

रकारले आफ्नो माग प्रति वेवास्ता गरेको भन्दै राजपाले सडक र सदनबाट आन्दोलन शुरु गरेको थियो । साथै राजपाले सडकबाटै आन्दोलनका कार्यक्रम गर्ने बताउँदै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?