सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा दर्ता

लोकपथ
49
Shares

काठमाडौं । सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ ।

सोमबार राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीको प्रस्तावमा उक्त प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको हो ।

प्रस्तावमा सन् २०३० सम्म सवारी दुर्घटनाका कारण हुने मृत्यु र घाइतेको संख्यालाई शुन्यमा झार्ने विश्वव्यापी अभियान अन्तर्गत नेपालले पनि त्यसमा भूमिका खेल्नुपर्ने उल्लेख गरिएको छ । नेपालको संविधानमा नै नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्नका लागि सवारी दुर्घटना न्यूनिकरण गर्न माग गरिएको छ । साथै दुर्घंटनाबाट हुने क्षती कम गर्दै दुर्घटनाबाट मृत्युु भएकाको परिवारलाई उचित क्षतीपूर्ती, घाइतेको उपचारमा सहुलियत मात्र नभएर चालक र सहचालकलाई परामर्श कक्षाको व्यवस्था गर्न समेत माग गरिएको छ ।

आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
आज प्रतिनिधि र प्रदेश सभाको बैठक अपरान्ह ४ बजेका लागि राखिएको छ ।

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?