‘गुलाबी सरर..’ मा आरजु नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य आरजु राणा बेलाबेला चर्चामा आइरहन्छिन् । कहिले उनले बोलेका अभिव्यक्ति त कहिले विभिन्न कुराहरुबाट चर्चामा आइरहन्छिन् ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी आरजुको अहिले सामाजिक सञ्जालमा एक नृत्य भाइरल भएको छ ।

छोरा जयवीर देउवाको विवाहको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा आरजु ‘गुलाबी सरर…’ नाचेकी थिइन् । सो भिडियोलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै फेसबुक प्रयोगकर्ताहरुले आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।

कतिपयले उनको आलोचना गरिरहेका छन् भने धेरैले छोराको बिहेको खुसियालीमा आमा नाच्नुलाई नकारात्मक लिन नहुने प्रतिक्रिया दिइरहेका छन् ।

जयवीर आज गायिका शिवाना श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?