काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् ।
चीनको नौ दिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या आएपछि बुधवार बिहान स्वदेश फर्किएकी हुन् ।
उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गरेका छन् ।
राष्ट्रपति भोलि (बिहीवार) मात्र फर्कने पूर्वनिर्धाति कार्यक्रम थियो ।
तर, बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा हुँदै फर्किने क्रममा स्वास्थ्यमा समस्या देखियो ।
चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया