काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बचाउ गरेका छन् ।
मंगलवार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘महासचिव पौडेलबारे भ्रम फैलाइएको छ ।
‘पौडेलले पदीय दुरुपयोग गरेर जग्गा जोड्नु भएको होइन्, राजाको शासनका बेला उहाँले जमिन किन्नु भएको रहेछ’ प्रधानमन्त्री ओलीले भने ।
पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भने, ‘पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन ? जालझेलभित्र पर्छ कि पर्दैन ? हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुन्छु ।’
सार्वजनिक जग्गा मिच्न नदिने बताउँदै उनले भने मिचिएको जग्गा सरकारको नाममा फिर्ता हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया