काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारले जनताको हितको अनुकुल काम नगरेको आरोप लगाएका छन् । मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएको अमर यादव नेतृत्वको पार्टीलाई नेकपामा समाहित गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘मधेस सरकारो हित अनुकुल चलेको छैन,’ कार्यक्रममा बोल्दै उनले भने, ‘तराई मधेसमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्याहाँको जनताको हितमा हुन्छ।’
नेकपाले चाहेमा प्रदेश २ मा आफ्नो सरकार स्थापना गर्न सक्ने उनले बताए । ‘हामीले चाहने हो भने र त्यहाँ विभिन्न खालको चलखेल गर्ने हो भने अहिले पनि हाम्रो सरकार बन्न सक्छ’ प्रचण्डले भने ।
हाल प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया