काठमाडौं । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ ।
नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका नेता पौडेलको सवारी दुुर्घटनामा परि निधन भएको हो ।
उनको बुधबार सवारी दुर्घटनामा परि निधन भएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।
पौडेललाई नवलपुरको गैंडाकोटमा बसले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।
उनलाई ठक्कर दिने बस र चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया