बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारी ‘बागवनी प्रदर्शनी २०१९’ को उद्घाटन समारोहमा सहभागी भएकी छन् ।
आइतवार राष्ट्रपति भण्डारी, चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आएका विभिन्न ४० मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँगै अन्तर्राष्ट्रिय ‘बागवानी प्रदर्शनी २०१९’ को उद्घाटन समारोहमा सहभागी भएका थिए ।
सो समारोहको उद्घाटन चिनियाँ राष्ट्रपति चिनफिङले गरेका छन् ।
बेइजिङको दक्षिण पश्चिमी बाहिर भागमा करिब ७० किलोमिटरभन्दा अधिक दूरीमा अवस्थित कुनमिङ नगरमा ‘बागवनी प्रदर्शनी २०१९’ आयोजित गरिएको थियो ।
उनले यसै प्रदर्शनीबाट विश्वको सबै कुनामा हरित विकासको धारणा फैलन सक्ने आशा व्यक्त गरे ।
प्रदर्शनीको नारा ‘हरियालीमा बाँच, राम्रोसँग बाँच’ (लिभग्रिन, लिभ बेटर) रहेको छ ।
एक सय ६२ दिनको यस प्रदर्शनीमा १ सय १० मुलुकको सहभागिता रहेको छ ।
राष्ट्रपति भण्डारीले उक्त प्रदर्शनीमा रहेको नेपाली प्याभिलियनको उद्घाटन गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया