विप्लव समूहका क्षेत्रीय इञ्जार्च विष्णु परियार पक्राउ

बर्दिया । प्रतिबन्धीत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका क्षेत्रीय इञ्जार्च पक्राउ परेका छन् । 

उनी चन्दा संकलन गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । 

बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट क्षेत्रीय इञ्चार्ज शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको हो । 

बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?