अनौठो किलर क्वीन ‘सेक्रेटरी बर्ड’

लोकपथ
217
Shares

काठमाडौं । सेक्रेटरी बर्ड (चरा) दुनियाँको सबै भन्दा लामो -याप्टर पंक्षी हो । जो विषालु सर्प मार्नको लागि माहिर रहेका हुन्छन् । यसैले यसलाई किलर क्वीन पनि भनिन्छ ।

यो चराको लम्बाई मानिसको जति नै लामो रहेको हुन्छ भने यसका खुट्टा पनि लामो र निकै शक्तिशालि हुन्छ । यो एउटा शिकारी पन्छी हो । जसले आँखा झिम्काउँदा सर्पलाई मार्न सक्छ । यसले सर्पलाई मार्ने तरिका अचम्म लाग्दो हुन्छ । यो चरा सुन्दर पन्छीको रुपमा पनि चिनिएको छ ।

सेक्रेटरी बर्ड अफ्रिकामा पाइने चरा हो । यी चराहरु घाँसे मैदानमा बस्ने गर्छन् । सर्पहरुको संख्या धेरै हुने क्षेत्रहरुमा यि चराहरु पनि बढि मात्रामा पाइन्छन् । यी चराहरु उड्न पनि सक्ने हुन्छन् तर धेरै समय यी चराहरु जमिनामा शिकार गर्नेमा धेरै समय बिताउँछन् । यी चराहरुले बबुलको रुखमा गुड बनाउँछन् र रातभरि आराम गर्छन् । यि चराको औसत आयु १०–१५ वर्ष सम्म रहेको हुन्छ ।

सेक्रेटरी बर्डको उचाई ४.१ देखि ४.९ फिट सम्म रहेको हुन्छ । यिनीहरुको वजन ५ देखि ९.४ पाउण्ड सम्म हुन्छ । यसको खुट्टा र पँखेटा अरु शिकारी चराहरुको तुलनामा निकै बलियो र लामो हुन्छ ।

चराहरुले सर्पको टाउकोमा यति छिटो लात मार्छन् कि सर्प सहन नसकेर एकैछिनमा ढल्छ । यि चराहरु सर्प भन्दा सय गुणा छिटो हुन्छन् । सेक्रेटरी चराले सर्पहरु साथै माउसुली, किरा फट्याङ्ग्रा र मुसाको पनि शिकार गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?