चरणवद्ध वार्ताको निष्कर्ष कुर्दै राप्रपा, तत्काल आन्लोलनका कार्यक्रम सार्वजनिक नगर्ने

काठमााडौं । राष्ट्रिय जनाता पार्टी (राप्रपा)ले तत्काल आन्दोलनका थप कार्यक्रम सार्वजनिक नगर्ने भएको छ । 

सनातन हिन्दू राष्ट्र पुनः स्थापनाको माग गर्दै आएको राप्रपाले सरकारसँग पहिलो चरणको वार्ता गरेसँगै थप आन्दोलनका कार्यक्रम सार्वजनिक नगर्ने भएको हो । 

चरणवद्ध वार्ताको निष्कर्ष कुर्दै आन्दोलनका थप कार्यक्रम तत्काल सार्वजनिक नगर्ने पक्षमा पुगेको राप्रपा आन्दोलनको सफल अवतरणको वैकल्पिक खोजीमा निस्किएको जानकारहरु बताउँछन् । 
सरकारसँग गत मंगलवार पहिलो चरणको वार्ता गरेको राप्रपाले सो वार्ताबाट निकास निस्कनेमा विश्वस्त देखिएको छ । 

पहिलो चरणको वार्तामा सरकारी वार्ता टोलीका संयोजक समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संविधान विरोधी कुनै पनि माग सम्बोधन गर्न नसक्ने स्पष्ट पारेका थिए । 

सरकारले राप्रपाले उठाएको हिन्दू राष्ट्र र राजसंस्था पुनः स्थापना गर्नुपर्ने मागलाई संविधान विरोधी आन्दोलनको संज्ञा दिंदै आएको छ । 

सरकार र राप्रपाबीच पहिलो चरणको वार्ता भएपनि दोस्रो चरणको वार्ताको मिति भने तोकिएको छैन । 

राप्रपाले वरिष्ठ नेता दीपक बोहोराको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा दोस्रो चरणको आन्दोलन स्वरुप निर्धारण कार्यदल बनाएको छ । 

कार्यदलको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?