यसरी चल्यो खुल्लामञ्चमा डोजर !

काठमाडौं । काठमाडौं महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएको छ।  

महानगरपालिकाले डोजर परिचालन गरेर ठेकेदारले नियम विपरित बनाएका पसलमा शनिबार भत्काएको हो । डोजर चल्दा चर्को सलामी तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले अवरोधको प्रयास गरेका थिए । 

ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले खुलामञ्चमा  अवैध सटर बनाएर व्यापार थालेको थियो । जसमा महानगरको समेत मिलेमतो रहेको खुलासा भएको थियो । 

भेटवालले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु बनाएको र अरु संरचनापनि विस्तारको तयारी थालेका थिए । 

व्यापारीले अवैध ती सटर तीनदेखि १० लाख रुपैयाँ माथिसम्ममा खरिद गरेका थिए भने सटरको भाडा प्रतिमहिना ८ देखि १२ हजारसम्म तोकिएको थियो । 

सटर भाडामा लिनेमा अधिकांश फुटपाथमा व्यापार गर्ने साना व्यापारी हुन् । 

उनीहरूले बिचौलियाको माध्यमबाट सटर खरिद गरेका थिए । सटर खरिदमा झन्डै ३ करोडको चलखेल भएको बताइन्छ ।

खुल्लामञ्चको बिचौलियामाथि लोकपथको फलोअप:-

समाचारको लागि :-

भिडियो :- 

खुल्लामञ्चमा सेटिङमा ठडिए सटर, टावर बनाउनुपर्ने ठेकेदार नै सटरवाला !

खुल्लामञ्चको सवालमा चरित्रहत्या भयो भ न्दै विद्यासुन्दरले उपमेयरलाई दोष देखाए

मनोजकुमार भेटवाल बिरुद्ध स्थानियको उग्र आक्रोस

खुल्लामञ्चको सवालमा मेयर र उपमेयरकै जुहारी, विचौलिया को ? 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?