काठमाडौं । खुल्लामञ्चभित्र अवैध रुपमा बनाइएको टहरा भत्काइन शुरु गरिएको छ ।
टहरा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्देशनमा आज (शनिवार)बाट भत्काइन लागेको हो । पसल भत्काउनका लागि शनिबार नै डोजर परिचालन गरिएको छ ।
खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले ती पसलमा डोजर चलाउने निर्णय गरेको हो ।
बिहीवार खुल्लामञ्चको अतिक्रमण रोक्न खुल्लामञ्च बचाउ अधिकार अभियानका अभियन्ताले आन्दोलन गरेका थिइ । उनीहरुले काठमाडौं महानगरपालिकासँगको ‘सेटिङ’मा खुल्लामञ् अतिक्रमण गरिएको भन्दै आक्रोशित भएका थिए ।
उता खुल्लामञ्चलाई जलेश्नर स्वच्छन्द बिकोइ बिल्डर्स नामक ठेकेदार कम्पनीले बिक्री गरेको पाइएको थियो । पाँच करोड अग्रीम भुक्तानी लिएर मनोजकुमार भेटवालको स्वच्छन्द बिल्डर्सले सार्वजनिक जग्गामा ४० वटा सटर निर्माण गरेको थियो । भेटवालले एउटा सटरबाट ११ लाख रुपैयाँ सलामी लिएर बिक्री गरेको पाइएको थियो ।
यो पनि पढ्नुहोस्:-
- खुल्लामञ्च बिक्रीमा ! अतिक्रमणविरुद्ध स्थानिय आन्दोलित
-
मनोजकुमार भेटवाल जसले खुल्लामञ्च बिक्री गरे !
-
खुल्लामञ्च अतिक्रमणबारे मन्त्रालयका सहसचिव भन्छन्,‘म रहँदा भएको निर्णयको जिम्मेवारी लिन तयार छु’
-
सहिद मञ्च बिक्रीमा ! महानगरपालिका र ओली सरकारलाई आयो यस्तो चेतावनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया