प्रधानमन्त्री ओलीद्वारा वृद्ध भत्ता बढाउने घोषणा

काठमाडौं । प्रधानमनत्री केपी शर्मा ओलीले बजेटमार्फत वृद्ध भत्ता बढाउने घोषणा गरेका छन् ।

सोमवार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले केही गरेन भन्नेहरुलाई काम गरेरै जवाफ दिने बताए । 

उनले आफ्नो नेतृत्वको सरकारले गतवर्ष वृद्धा भत्ता बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा गरेको बताए । 

‘गत वर्षको बजेटमा हामीले जेष्ठ नागरिक भत्ताको व्यवस्था गरेका थिएनौँ । अत्यन्तै नाजुक अवस्थामा देशको अर्थतन्त्र पुर्याइएको थियो । त्यस ठाउवाट अर्थतन्त्रलाई ठिक बाटोमा ल्याइएको छ,’ प्रधानमन्त्रीको भनाई थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?