एक वर्षभित्र महाधिवेशन हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षभित्र पार्टी महाधिवेश गर्ने बताएका छन् । 

सोमवार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताए । 

आइतवार बसेको नेकपा सचिवालयको बैठकले जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागाएसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको अध्यक्ष प्रचण्डले बताए । 

उनले भने, ‘अब पार्टीलाई तलसम्म गतिशिल बनाउनुपर्छ ।’

सम्बन्धी समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?