बालुवाटारको सम्पत्ती प्रकरणका दोषीलाई कारवाही गर्नुपर्छ : कांग्रेस नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले केपी शर्मा ओली सरकारसँग बालुवाटारको सम्पत्ती हड्प्न खोज्नेलाई कारबाही गर्न माग गरेका छन् । 

सोमवार रिपोर्टर्स क्लवले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै कांगे्रस नेता केसीले  देशमा बिभिन्न ठाउँ सम्पती हड्प्ने खेल भएकोले सरकारी सम्पती हड्ने जो केही पनि सरकारले  कारवाही गर्नुपर्ने बताएका हुन् ।

उनले बालुवाटार, वीर अस्पताल, पाटन अस्पता, त्रिवि क्यापासलगायतका क्षेत्रमा भएको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने र त्यो खेलमा लाग्ने सबैलाई छानवनी गरि कारवाहि गर्नुपर्ने  बताए ।

उनले भने, ‘सरकारी सम्पती हिनाबिना गर्ने जो केही भएपनि सरकारले छाड्नुहुँदैन् त्यो चाहे आफ्नो पार्टीको चाहे हाम्रो पार्टीको जसलाई पनि कानूनी दायरमा ल्याउनुपर्छ ।’

सर्वसत्ताबादको दम्बमा उत्रीएको सरकारको गैर जिम्मेवार बनेकै कारण मुलुकको राष्ट्र, राष्ट्रियता र अर्थतन्त्र इतिहासमै कमजोर बनेको उनले बताए ।

सरकारले हावादारीका नारा बाँडेर जनतालाई भ्रममा पारेको आरोप लगाउँंदै नेता केसीले ओली सरकार आफैँले गरेका गल्तीकै कारण ढल्ने बताए ।

सरकार र कम्युनिष्टहरुप्रति आलोचना गर्दै दुई तिहाईको दम्ब देखाएर सरकार ओली सरकार सेना आफैँ चलाउने सुरमा रहेको दाबी गर्दै कम्युनिष्ट सरकारप्रति जनता रुष्ट रहेको उनको दाबी छ ।

प्रधानमन्त्री ओलीले संसदीय प्रकृया र मूल्य मान्यतालाई तोडेको आरोप लगाउँंदै सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा नभएको बताए ।

राष्ट्रिय सुरक्षा परिषद् विधेयक त्रुटीपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री हावी हुन खोजेकाले रोक्नु पर्ने उनको तर्क छ । निरंकुश शैलीमा चलेको सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न लागेकोे आरोप लगाए ।

लोकतन्त्र र पे्रस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोज्दा सरकार आफैँ नियन्त्रण हुने बताए । राज्यको ढुकुटी आफ्नो नाममा गराउने नेताहरुलाई कानून अनुसार कारवाही गर्नुपर्ने र गलत काम गर्ने नेतालाई निलम्बन गर्नुपर्ने भन्दै नेकपाप्रति व्यंग समेत गरे ।

सञ्चारमाध्यले कसैको पनि गल्ती कमजोरीलाई ढाकछोप गर्न नहुने समेत उनले बताए । 

नेता केसीले हिजोको सत्तापक्ष, आजको प्रतिपक्ष कांगे्रसले हिजो गरेका गल्ती र आज गरेका गल्तीलाई यर्थात रुपमा बाहिर ल्याउन उनले पत्रकारहरुलाई आग्रह गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?