काठमाडौं । सोमबार दिउँसो ललितपुरको नबिनटोलमा इनारमा खसेकी महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
दोलखा घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं। ३ खन्नागारमेण्ट नबिनटोल बस्ने २८ वर्षीया नुतन प्रधानलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
लुगा सुकाउने क्रममा नुतन घरको कम्पाउण्डभित्र रहेको ३० फिट गहिरो खाडलमा खसेकी थिइन् । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी नायब उपरीक्षकसहित ३० जनाको टोलीले उनलाई उद्धार गरेको हो । उनलाई उपचारका लागि लगनखेलस्थित पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
https://www.facebook.com/100029015723744/videos/pcb.1178659466444566/1089071018772390
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया