काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको आन्तरिक जीवनमा एकता गर्न नेतागत भन्दा नीतिगत एकता हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस रुपन्देही– ३ को क्षेत्रीय भेलालाई आइतवार सम्बोधन गर्दै केसीले पार्टीको आन्तरिक जीवनमा पुनः ऊर्जा थप्न्न समयमै लोकतान्त्रिक प्रक्रियाबाट आन्तरिक महाधिवेशन केन्द्रित हुनुको विकल्प नरहेको बताए ।
अर्को प्रसंगमा उनले सरकारको आडमा सत्ता कब्जा गर्न लागिपरेको आरोप लगाए ।
सरकारी सम्पत्ति माफियाहरुको चङ्गुलमा फसेको र नेकपाका नेताहरू माफियाको दलाल भएर सरकारी सम्पत्ति हडप्न्न लागिपरेको पनि उनले आरोप लगाए ।
नेकपाका नेताहरु निजीकरण गर्न हानथापमा लागेको भन्दै त्यसको पछिल्लो उदाहरण बालुवाटार काण्ड भएको उनको भनाई थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया