काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला अध्यक्ष, सचिव र पोलिटब्यूरो सदस्यहरुको नाम सार्वजनिक गर्ने भएको छ ।
नेकपाले भोलि (सोमवार) कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला अध्यक्ष र सचिवका साथै पोलिटब्यूरो सदस्हरुको नाम सार्वजनिक गर्न लागेको हो ।
पार्टी एकीकरण भएको एक वर्ष पुग्नै लाग्दा नेकपाले जिल्ला कमिटीहरुको एकीकरण टुंगो लाग्न थालेको हो ।
जिल्ला कमिटीका अध्यक्ष र सचिवका साथै पोलिटब्यूरो र उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरुको नाम टुंगो लगाउन शीर्षनेताबीच आज (आइतवार) पनि छलफल जारी छ ।
यसअघि शुक्रवार दुवै अध्यक्षको परामर्शपछि महासचिव बिष्णु पौडेलले शनिवार वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए ।
पौडेल आइतवार बिहानैदेखि शीर्ष नेताहरुसँग परामर्शमा छन् ।
यसैगरी माधव कुमार नेपाल पक्षले माग गरे बमोजिम नेकपाको पोलिटब्युरो कमिटी समेत गठन हुने भएको छ ।
यसबीचमा केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालयको संरचना बनिसकेकोमा अब पोलिटब्यूरो पनि गठन गर्न नेताहरु सहमत भएका नेकपाका एक नेताले जानकारी दिए । केन्द्रीय कमिटीको एक तिहाई अर्थात १ सय ५० को हाराहारीमा पोलिटब्यूरो बन्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया