काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीको एक साता लामो चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ ।
यही वैशाख ११ गतेदेखि राष्ट्रपति भण्डारी एक साता लामो चीन भ्रमणमा जाने भएकी छिन् ।
उन चिनियाँ समकक्षी सी जिन पिङको राजकीय निमन्त्रणमा चीन जान लागेकी हुन् ।
बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिको चीन भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल सहभागी हुनेछन् ।राष्ट्रपति भण्डारी
अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलकोन गर्ने, बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
त्यस्तै राष्ट्रपति भण्डारीले शान्जी प्रान्तको राजधानी जियानको भमण गर्ने र ल्हासा हुँदै स्वदेश फर्किने विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया