बम्जनका समर्थक सिआईबी कार्यालयमा, पूर्व राज्यमन्त्रीले भेटिन् बम्जनलाई

लोकपथ
2.9k
Shares

काठमाडौं । ‘लिटिल बुद्ध’ को उपनामबाट चिनिने रामबहादुर बम्जनलाई पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा राखिएको छ ।

मंगलबार सिआईबीको टोलीले पक्राउ गरेपछि बम्जनका समर्थक सिआइबी पुगेका छन् । आज बिहानैबाट सिआईबी परिसरमा उनका समर्थकहरुको ठूलो भिड लागेको छ । आफूहरुले भगवान माग्ने गरेको भन्दै हतकडी नलगाउन माग गर्दै उनका समर्थकहरुले नारा लगाइरहेका छन् । उनीहरुलाई प्रहरीले भित्र पस्न दिएको छैन ।

तर पूर्व राज्यमन्त्री यशोदा लामाले भने सिआईबी पुगेर बम्जनसँग भेट गरेकी छिन् । सिआईबीको टोलीले बम्जनको निवास हात्तिगौँडाबाट ३ करोड बढी नगदसहित २ वटा ल्यापटप, १५ थान मोबाइल र ३५ वटा पेनड्राइभ समेत बरामद गरेको छ ।

सिआईबीले उनलाई आजै सार्वजनिक गरेर सर्लाही पठाउने तयारी गरेको छ । उनीसँग रहने ४ आनीसहित अन्य केही व्यक्तिहरु समेत गायब भएपछि उनलाई प्रहरीले खोजी गरिरहेको थियो । काभ्रे, सिन्धुपाल्चोक र सर्लाही प्रहरीमा उनलाई पक्राउ गर्न माग गर्दै उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?