ललितपुरमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

लोकपथ
1.6k
Shares

ललितपुर । गोदावरी नगरपालिका–१४ हाडेगाउँ चोक बाडेगाउँस्थित सडकमा बा.२१ च ७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२–०४१ प ९४२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृतकमा स्कुटरमा सवार सोही नगरपालिका गोदावरी बस्ने २० वर्षीया गायत्री श्रेष्ठ रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?