काठमाडौं । देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् ।
पोखराका पत्रकार अर्जुन गिरी पक्राउ परेको विरोधमा पत्रकारहरुले देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीवार बिहान धर्ना दिएका हुन् ।
अनलाइनमा ठगी मुद्दा समाचार प्रकाशित गरेको आरोपमा पत्रकार गिरी पक्राउ परेका हुन् । उनीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोध गरेका छन् ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखालगायतको अगुवाइमा अहिले पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिइरहेका छन् ।
समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरुको छ ।
पत्रकार गिरी ठगीको समाचार लेखेको अभियोगमा सोमवार साइबर क्राइमअन्तर्गत पक्राउ परेका थिए ।
बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग (सीईबी)ले पक्राउ गरेको हो ।
साथै उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलवार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ ।
यसैबीच हिजो (बुधवार) पोखराबाट प्रकाशन तथा प्रशारण हुने सबै पत्रिकाहरुमा सम्पादीयमा कालो पोतिएको थियो । साथै रेडियो र टेलिभिजनमा ९० सेकेन्ड प्रशारण बन्द गरिएको थियो भने अनलाइनहरुमा कालो ब्यानर राखेर विरोध गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया