मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

लोकपथ
1.8k
Shares

विराटनगर । झापाको भद्रपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा कचनकवल गाउँपालिका–२ का २८ वर्षीय लेखनाथ दाहाल रहेका छन् ।

भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुलनजिकै प्र १–०१–०१३ प ९६०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पुलको पिलरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक कचनकवल–२ सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठक र पछाडि सवार दाहाल घाइते भएका थिए ।उपचारका क्रममा पछाडि सवार दाहालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल चालक पाठकको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?