काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (बुधवार) र बिहीवार देशव्यापी घरदैलो कार्यक्रम गर्दै छ ।
गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले पहिलो चरणको तेस्रो कार्यक्रमअन्तर्गत वैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम प्रारम्भ गरेको हो ।
साथै राप्रपाले भोलि (बिहीवार) वैशाख ६ गते धर्मनिरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम तय गरेको छ ।
यसैगरी राप्रपाले पहिलो चरणको कार्यक्रमअन्तर्गत हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकास केन्द्रीत कार्यालयमा भ्रष्टाचारको अन्त्यलगायतका मागहरू राखी एक घण्टे धर्ना कार्यक्रम पनि सम्पन्न गरिसकेको छ ।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार राप्रपाले वैशाख ६ गते धर्मनिरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम गर्ने तर यो संविधान जलाउने कार्यक्रम नभएको प्रष्ट पारे ।
भोलि रत्नपार्कमा हुने प्रदर्शनमा राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्षका संयोजक बुद्धिमान तामाङलगायतका नेताहरू सहभागी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया