काठमाडौं । वरिष्ठ पत्रकार एवम् कामना न्यूज पव्लिकेशनका प्रधानसम्पादक पुस्करलाल श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधवार ११ बजे ४९ मिनेटमा निधन भएको पत्रकार इश्वरराज ढकालले जानकारी दिए ।
श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलस्थित निवासमा राखिने छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
उनी नेपालमा मनोरञ्जन पत्रकारिता सुरुवात गर्ने पहिलो पत्रकार रहेको बताइन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया