काठमाडौं । प्रहरीले काठमाडौंको लाजिम्पाटबाट ५० केजी गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गको विशेष टोलीले मंगलवार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई आज (बुधवार) परिसरले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया