भक्तपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ५ ख ३८३९ नं को ट्रकले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको हो ।

मृत्यु हुने रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तान रहेका छन् । 

मंगलवार राति ७ बजे ट्रकले ठक्करबाट गम्भीर घाइते भएका मोक्तानको उपचारका क्रममा मध्यपुर अस्पताल ठिमीमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल भक्तपुर १० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?